चितवनः पूर्वी चितवनको कालिका नगरपालिकामा वडा नम्वर तीन दुई सय विगाहा स्थित जनप्रिय टोलमा आज विहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जना फरार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्वर ३ वस्ने ३५ वर्षिया निरमायाँ तामाङ, २७ वर्षिया अञ्जना तामाङ्, र १८ वर्षिय अमिर तामाङ् रहेका छन् । उनीहरुलाई आज विहान १ ः३० वजे निरमायाँको घर अगाडी आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
सोहि क्रममा फरार रहेका दुई जनाको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक भावेश रिमालले सो विषयमा थप अनुसन्धान भईरहेको वताउनु भयो ।