चितवनः भरतपुर महानगरपालिका वडा नम्वर ८ गौरीगञ्जमा आज विहान एक दम्पतीले आपसी झगडा गरि शरिरमा पेट्रोल छर्कीएर आगो लगाएका छन् । आगलागीवाट दुवै गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार ३४ वर्षिय श्रीमान प्रमोद गुरुङ र निजकी श्रीमती ३३ वर्षिया सरस्वती गुरुङ्ले आपसी झगडाका क्रममा आज विहान २ः५० बजे आफ्नै घरमा पेट्रोल छर्कीएर आगो लगाएका हुन । आगोले दुवैको शरिर जलेको र गम्भिर अवस्थामा चितवन मेडीकल कलेजमा उपचार भईरहेको कोईरालाले जानकारी दिनु भयो ।
प्रहरी उपरिक्षक दान वहादुर मल्लका अनुसार स्थानीयले उद्धार गरि अस्पताल पठाएकाले प्रारम्भिक विवरण अनुसार एक आपसमा झगडा गरि पेट्रोल छर्कीएर आगो लगाएको पाईएको छ । थप अनुसन्धान थालिएकाले बास्तविक कारण पछि थाहा हुने उहाँले वताउनु भयो ।