चितवनः संविधान कार्यान्वयनमा राजनैतिक दलहरु उदासिन वनेको सरोकारवालाहरुले वताएका छन् । संविधान दिवसको अवसरमा चितवन जिल्ला अदालत वार एशोसियसन चितवनले आयोजना गरेको संविधानको चार वर्ष र यसको कार्यान्वयन विषयक अन्तरक्रियामा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन ।
राजनैतिक नेतृत्व स्थिर हुन नसक्दा संविधान कार्यान्वयन हुने हो की होईन भन्ने शंका सर्वत्र उठेको उनीहरुको भनाई थियो । संविधानका मुल्य मान्यतालाई आधार मान्दै यसको कार्यान्वयनका पक्षमा दलहरु नलागेका कारण संविधान कार्यान्वयन हुन नसक्ने चिन्ता वढेको अधिवक्ताहरुको भनाई थियो ।
संविधान कार्यान्वयन भन्दा पनि व्याक्ति, दलगत र नातावादमा नेताहरु केन्द्रित वनेको उनीहरुको गुनासो थियो । कानुनमा भएका कुराहरुको कार्यान्वयन गराउनुको सट्टा कानुनको उलंघन गर्नेहरुको भिड वढ्दै गएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला अदालत चितवनका मुख्य न्यायधिस हेमन्त रावलले कानुन कार्यान्वयनमा ल्याउनु सवैको दायीत्व रहेको वताउनु भयो । संविधान मान्दिन भन्नेहरु विद्रोही रहेको भन्दै उहाँले नागरिक भए वसेपछि त्यस देशको कानुन मान्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा दलका नेताहरु ईमान्दार भएर संविधान कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै वक्ताहरुले संविधान समय सापेक्ष परिवर्तन हुनु पर्ने वताएका थिए । नेपाललाई संविधानको प्रयोगशाला नवाउन उहाँहरुको सुझाव थियो ।
वारका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु माधव खनिया, भूपेन्द्रजंग पौडेल,धर्मराज अर्याल, जगन्नाथ पौडेल, अधिवक्ता सुर्य वोहोरा लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा अधिवक्ता जगन्नात भण्डारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !