चितवनः नेपाली कांग्रेस चितवनले जनप्रर्दशनको तयारी सुरु गरेको छ । आफ्नो दोस्रो चरणको जागरण अभियान अन्तर्गत समापन दिनको दिन जनप्रदर्शको तयारी गरेको हो । यसका लागि आज वसेको काँग्रेस चितवनको वैठकले असोज सात गते हुने दोस्रो चरणको जागरण अभियानको समापनलाई जनप्रदर्श गर्ने निर्णय गरेको हो ।
जागरण अभियानका क्रममा नेपाली काँग्रेसले आफ्ना नेता तथा कार्यक्रताहरुलाई चर्को मूल्य वृद्धि, मौलाउँदो भ्रष्टाचार, कर वृद्धि, कुशासन लगायतका विषयमा जानकारी गरएको थियो । सोहि मुद्धामा केन्द्रित हुदै सात गते विरोधमा प्रर्दशन गर्न लागेको हो । कांग्रेस चितवनका सचिव उत्तम जोशीले विरोध प्रर्दशन सरकारलाई खबरदारी गर्न आयोजना गरिएको बताउन’भयो । “सरकारको कार्यसम्पादन देखेर जनता निराश छन्”, उहाँले भन्नुभयो, “जनताका आवाज सरकारले सुन्नुपर्छ, खबरदारीको नेतृत्व हामीले गरेका हौँ ।” यही असोज ७ गते चौविसकोठीबाट सुरु हुने विरोध ¥याली पुलचोकमा पुगेर कोणसभामा परिणत हुनेछ । ¥याली विहान साढे ११ बजे सुरु हुनेछ । कोणसभामा केन्द्रीय नेताले सम्बोधन गर्नेछन् ।
यसैबीच, राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरणका कार्यक्रममको समीक्षा गरिएको छ । पार्टी कार्यालय नारायणगढमा बसेको बैठकले जनजागरण अभियान सफल बनेको निष्कर्ष निकालेको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनजागरण अभियानले जनतामा आशा पलाएको बताउनुभयो । “निराश जनता जागरुक बनेका छन्”, उहाँले भन्नुभयो, “जनताका मागको वकालत गर्न कांग्रेस सधै लागिपर्नेछ ।”
समीक्षा कार्यक्रममा चितवनका ६ वटै प्रदेशसभाका केन्द्रीय प्रतिनिधिहरु नवराज महत, प्रेमबहादुर खड्का, गणेशमान चक्रधर, रामचन्द्र अर्याल, धर्मराज अर्याल, धनलक्ष्मी श्रेष्ठ लाई तोकीएको छ । जिल्ला कार्यसमिति, पूर्वसभापतिहरु, सांसदहरु, पूर्वसांसदहरु, क्षेत्र, प्रदेश तथा नगर प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैबीच, नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २२ औं स्मृति दिवस मनाइएको छ । वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिएको थियो । स्वर्गीय गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन, २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । सो क्रममा वोल्ने नेताहरुले काँग्रेसलाई वलियो वनाउन गणेशमानको त्याग, वलिदानी र निस्वार्थ भावनाका साथ अघि वढ्नु आवश्यक रहेको वताएका छन् ।
जिल्ला सचिव जोशीका अनुसार पार्टीलाई पुरानो स्थानमा पुर्याउन गणेशमान जस्ता नेताको आवश्यक रहेको उनीहरुले वताएका थिए ।

प्रतिक्रिया दिनुहोस !