चितवनः नेपाली काँग्रेस चितवनले वाँके जिल्ला सभापति माथि भएको आक्रमण प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रसको दोस्रो चरणको जन जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति माथि भएको आक्रमण र र्दुव्यवहार प्रति चितवन कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा अभियानका क्रममा बाँके जिल्ला सभापती किरण कोइराला माथि भएको आक्रमण प्रति भत्सना गरेको जनाइएको छ । चितवन कांग्रेस सचिव उत्तम जोशीद्वारा जारी बिज्ञप्तीमा घटना प्रति सरकार, सरकारी निकाय, सुरक्षा संयन्त्र र सरकारमा रहेको राजनैतिक दललाई गम्भीर हुन आग्रह गरिएको छ ।
“शान्तीपुर्ण रुपमा दलहरुले कार्यक्रम गर्न पाउने संबिधान प्रदत अधिकार भएको ध्यानाकर्षण गराउदै पुनः यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षलाई सचेत बनाउदै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कानुनी दायरामा ल्याई कारवाही गर्न सरकार संग जोडदार माग गर्दछौ ।” बिज्ञप्तीमा भनिएको छ । साथै घटनामा घाइते भएकी बाँके सभापती किरण कोइराला र केन्द्रिय प्रतिनिधि बिद्या प्रसाद खनाल लगाएत दर्जनौ पार्टी कार्यकर्ताको स्वास्थलाभको कामना गरिएको छ ।
नेपाली कांग्रेसले दोश्रो चरणको जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति लगायत कार्यकर्तामाथि भदौ २६ गते आक्रमण भएको थियो । विज्ञप्तिमा भनिएको छ सरकार संञ्चालनमा रहेका दलका नेता तथा कार्यकर्ताद्धारा गरिएको सो आक्रमणले शक्तिको दुरुपयोग भएको समेत ठहर गरिएको छ । दोसिलाई कारवाहि गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !