चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २९ मा रहेको कविलास रिसोर्टको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन पुनः ई. बाबुराम उपाध्यायलाई अध्यक्षमा सर्वसम्त चयन गर्दै आज सम्पन्न भएको छ । अधिवेशनले संञ्चालकहरुमा चुडामणी खनाल, विष्णु कुवर, विष्णु ढकाल, विष्णु अधिकारी, वामदेव गौली र डा. नेत्र प्रसाद चटौतलाई चयन गरेको छ ।
जिल्लाको उच्च भागमा आधुनिक प्रविधिवाट निर्माण गरीएको रिसोर्टमा ५० वटा कोठा सहितका सातवटा भिल्लाहरु रहेको अध्यक्ष उपाध्यायले जानकारी दिनु भयो । २२ विगाहा जमिनमा फैलिएको रिसोर्टमा पानी र सुख्खा खेलहरु समावेश गरीएको छुट्टै पार्क समेत रहेको छ । उहाँका अनुसार रिसोर्टमा जिपलाईनिङ् समेत निर्माण भईरहेको छ । नारायणगढ मुग्लिन सडक खण्डको सडकवाट सडकवाट एक दशमलव आठ किलोमिट माथि रिसोर्ट रहेको छ ।
रु १८ करोडको लागतमा वनेको रिसोर्टमा ७५ जना शेयर धनि रहेका छन् । आन्तरीक र वाह्य पर्यटकलाई लक्षित गरि वनाईएको यो रिसोर्ट जिल्लाको उच्च भागमा रहेको सुविधा सम्पन्न मानिन्छ ।

प्रतिक्रिया दिनुहोस !