चितवनः कपास तथा सिरक डसना उध्योग संघ चितवन कपास तथा सिरक डसना उद्योग संघ नेपालले विना दर्ता संञ्चालनमा आएको एउटा घुम्ति पसललाई नियन्त्रर्णमा लिई कारवाहिको माग गरेको छ । संघले ना २ त २४७४ नम्वरको ट्याकटरलाई नियन्त्रर्णमा लिई जिल्ला प्रशासन कार्यालय अगाडी ल्याएर सिरक डसनाका लागि आवश्यक कपास उत्पादन गर्न लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतलाई कारवाहि गर्न माग गर्दा कारवाहि नभए पछि संकेतीक विरोध स्वरुप भरतपुर महानगरपालिका वडा नम्वर १० वाट नियन्त्रणमा लिईएको ट्याकटरलाई प्रशासन कार्यालय अगाडी ल्याई त्यसको प्रदुषणका वारेमा जानकारी गराईएको थियो ।
विगत लामो समय देखि आन्दोलनरत संघमा आवद्ध व्यवसायीहरुले चरण वद्ध आन्दोलन गर्दै आएका थिए । उनीहरुले स्थानीय सरकार, जिल्ला प्रशासन हुँदै केन्द्रिय सरकारलाई समेत यस विषयमा जानकारी गराएका थिए । संघका व्यवसायीहरुरुले आन्दोलन स्वरुप कार्यालय अगाडी कपास उत्पादन गर्न लागे पछि जिल्ला प्रशासन कार्यालय चितवनले यसको विषयमा अध्ययनका लागि टोलि वनाएको छ । कार्यालयका अनुसार सुचनाअधिकारी ईश्वरी सिमखटालाई यस विषयमा अध्ययन गर्न जिम्मा दिईएको छ ।
यसको प्रदुषण वारे जानकारी लिई प्रमुख जिल्ला अधिकारी वस्नेतले नियन्त्रर्णमा लिईएको ट्याक्टरलाई प्रहरीलाई जिम्मा लगाउनु भएको छ । यस विषयमा पटक पटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले अटेर गरे पछि आन्दोलन गर्न वाध्य भएको संघकी केन्द्रय अध्यक्ष चन्दना कोईरालाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !