चितवनः चितवन मेडीकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द “विप्लव”का छोरा प्रकाश चन्द सहित १५ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु संगै अन्य दुई जना पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक साता यता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले वताउनु भयो ।
पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको उहाँले जानकारी दिनु भयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रकाशको सोहि मेडीकल कलेजमा एमविविएस अध्ययन गरि प्रयोगात्मक कक्षा भईरहेको छ । विद्यार्थीहरुले कलेजले सरकारले तोके भन्दा वढि शुल्क लिएको भन्दै शुल्क घटाउन दवाव स्वरुप आन्दोलन गरिरहेका छन् ।
यता मेडीकल कलेजले आज एक विज्ञप्ति जारी गरि आन्दोलनरत विद्यार्थीहरुलाई परिस्थितिको यथार्थ मुल्याङ्कन गरी वहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सवै कार्यक्रम फिर्ता गरि पठनपाठनमा लाग्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !