
चितवनः भरतपुर महानगरपालिकाले निर्माण गर्ने भनेको सिटिहलको डिपिआर निर्माणको प्रकृया अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति चितवनले हलका लागि उपलव्ध गराएको चार विगाह दुई कठ्ठा जग्गामा निर्माण गर्न लागिएको हलको डिपिआर निर्माणको प्रकृया अन्तीम चरणमा पुगेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कुमार प्रसाद घिमिरेले जानकारी दिनु भयो ।
शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको डिपिआर निर्माणको काम अन्तिम चरणमा पुर्याएको उहाँले जनाकारी दिनभयो । डिपिआरका आधारमा सो हल निर्माणका लागि रु तीन अर्व लाग्ने अनुमान गरिएको छ । केहि दिनमानै डिपिआरलाई अन्तिम रुप दिदै वजेटको सुनिश्चितता र वहुवर्षिय योजनाका लागि मन्त्रालय पठाईने छ । मन्त्रालयवाट यी काम भए संगै वोपत्र आव्हान गरेर निर्माणको काम सुरु गरिने छ । अहिले वातावरणीय प्रभाव मुल्याङ्कनको काम भईरहेको छ ।
जिल्लामा सवैभन्दा धेरै मानिस अट्ने हलको ६ हजार ६ सय ४१ स्वायर फिटको वन्ने छ । ठूलो हलमा दुई हजार र स–साना हलमा एक सय देखि तीन सय जना सम्म अट्ने गरि हल वन्दैछन् । जम्मा ३ हजार ५ सय जना अट्ने हल निर्माणका लागि वहुवर्षिय योजनामा पार्नु आवश्यक रहेको छ । जसमा सातवटा भर्याङ्, विशिष्ट कक्ष, डाईनिङ्ग हल, फुटकोट, वेसमेन्ट पार्कीङ्ग लगाएतका रहने छन् ।
डिपिआर निर्माणको काम सम्पन्न भए पनि मन्त्रालयले वजेट अनुमति नदिदा सम्म काम गर्न नपाइृने भएकाले यसको निर्माणको काम ढिला हुने अनुमान गरिएको छ ।