चितवन: कालिका नगरपालिका वडा नम्वर ९ शक्तिखोरमा वलेरोको ठक्करवाट ४ वर्षिय वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा वावुसंग वस्दै आएका हासिल मियाँको छोरा हमिद मियाँ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ना ४ च २५५८ नम्वरको वलेरोले वालकलाई आईतवार साँझ ७ः ३५ वजे ठक्कर दिएको थियो । वलेरोको ठक्करवाट घाईते मियाँको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा राति ८ः५ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !