चितवनः अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल ईकाई कार्य समिति चितवनले विभिन्न ११ वुद्धे मागहरु राख्दै अस्पताल प्रशासन र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ । ईकाईका अध्यक्ष ई. चन्द्रमणी वस्यालका अनुसार कर्मचारीहरुको असार मसान्त पछि रोकिएको करार नविकरण गरि वढ स्केल अनुसारको तलव भत्ता निकासा गरीनुपर्ने, सम्पूर्ण कर्मचारीहरुलाई चाडपर्व खर्च,पोशाक भत्ता र महंगि भत्ता उपलव्ध गराईनु पर्ने, सार्वजनिक विदा वाहेक वार्षिक रुपमा संञ्चीत हुने गरी मासिक १ दिन विदा दिनु पर्ने, सुत्केरी विदा र सुत्केरी स्याहार विदा सरकारको नियम अनुुसार उपलव्ध गराईनु पर्ने लगाएतका मागहरु राख्दै कर्मचारीहरुले ज्ञापन पत्र वुझाएका हुन ।
शुक्रवार भरतपुर अस्पताल प्रशासनमा, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रिय कार्यालय, भरतपुर अस्पताल व्यवस्थापन समिति र आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको वस्यालले जानकारी दिनु भयो ।

IMG-0001 IMG-0002
अस्पताल व्यवस्थापन समितिको हरेक वैठकमा विकास समितिका कर्मचारीहरुको प्रतिनिधित्व हुनु पर्ने, आकस्मिक कक्ष, ओपिडि कक्ष, फार्मेशी विभाग, भिडियो एक्सरे, एक्सरे सेवालाई छिटो छरीतो वनाउँदै ईमर्जेन्सी प्रयोगशाला थप गर्नुपर्ने, भरतपुर अस्पताललाई प्राप्त हुने शैक्षिक तथा अन्य कर्मचारी कोटामा निजामती कर्मचारी सरह विकास समितिका कर्मचारीहरुलाई समेटीनु पर्ने, लगाएतका मागहरु रहेका छन् ।
अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष संञ्जय वरालका अनुसार भरतपुर अस्पतालमा हाल ४ सय ६ जना कर्मचारी करारमा रहेका छन् । जस ती सवै कर्मचारीहरुको करार थप र वढ तलव अनुसारको सेवा सुविधा पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस !