चितवनः मौरी पालन व्यवसाय फस्टाउनका लागि उचित चरको व्यवस्था हुनु पर्ने सरोकारवालाहरुले वताएका छन् । मौरी पालन व्यवसायको वर्तमान अवस्था मौरी र महको चुनौती र सम्भावना विषयक कार्यशालामा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन ।
अहिले मौरी चरको क्षेत्र अध्ययन नहुँदा र गुणस्तर मापन नहुँदा समस्या आएका उनीहरुको भनाई थियो । चरन क्षेत्र नहुँको अनुसन्धान नहुनु र वाह्य महले वजार लिनुका कारण समस्या आएको उनीहरुको भनाई थियो । विदेशवाट आयात गरिएको भनिएको मह नेपालमा उत्पादीत भएर विदेश जाने गरेको छ । यसै क्रममा नेपालमा वाािषर््क तीन हजार मेट्रिकटन मह प्रसोधन विना नेपाल आउने गरेको जानकारी दिईएको थियो । जसका कारण नेपालको मह भन्दा त्यो गुणस्तर हिन हुने गरेको उनीहरुको भनाई थियो ।
नेपालमा हाल १ लाख ९० हजार गोला मौरीवाट २ हजार ९ सय मेट्रिकटन मात्रै मह उत्पादन हुँदै आएको छ । नेपालमा ५ हजार मेट्रिकटन मह खपत हुने गरेको नेपाल मौरीपालक महासंघले जनाएको छ । कार्यपत्र प्रस्तुत गर्दै महासंघका पूर्व अध्यक्ष राजेन्द्र गौतमले चरन क्षेत्रको अध्ययन, वजार व्यवस्थापन हुन सके नेपालमा अहिलेको १० गुणा वढि मह उत्पादन गर्न सकीने जानकारी दिनु भयो । एउटै रानी मौरीलाई लामो समय प्रयोग गर्नु पर्ने वाध्यता, वंश विस्तार नहुनु जस्ता कारणले अपेक्षाकृत मह उत्पादन गर्न कठिन भएको उहाँको भनाई थियो ।
मौरीपालक किसानलाई सरकारले विमाको कार्यक्रम लागु गरेको भए पनि क्षेती हुने स्थानमा विमाले काम नगर्ने हुँदा विमा समेत गर्न कठिन भएको उनीहरुको गुनासो थियो । त्यसलाई सरकारले संसोधन गर्नु आवश्यक रहेको सो अवसरमा वताईएको थियो । सिफारीस विनाको अनियन्त्रीत विषादि मौरीका लागि विशक्त वनेको उनीहले गुनासो गरेका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा.कृष्णशागर शर्माले मह नियमीत दुध वा तातो पानी संग खान सकेमा औषधिको काम गर्ने वताउनु भयो । यसको प्रयोगले मानव स्वास्थ्यलाई असर नपर्ने भएकाले प्रयोग गर्दा हुने उहाँको भनाई थियो । तर गुणस्तरमा भने ख्याल गर्नु पर्ने उहाँले वताउनु भयो ।
महमा हुने पौष्टिक तत्वका कारण मह जम्ने गरेको डा. सुरेन्द्रराज जोशीले वताउनु भयो । मह केहो र किन जम्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै जोशीले महका बिशेषता वारेमा जानकारी गराउनु भएको थियो । यस्तै मौरीको हाल सम्मको ईतिहाँस र अवको चुनौतिका विषयमा डा. दुर्गा प्रसाद दवाडीले जानकारी गराउनु भएको थियो ।
महासंघका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल लगाएतले वोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !