
चितवनः जिल्लालाई केन्द्र विन्दु वनाएर मानव वेचविखन तथा ओसारपसार हुने गरेको भन्दै यसलाई रोक्न सरोकारवालाहरुले एक्यवद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मानव वेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा आयोजित सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले मानव वेचविखन तथा ओसारपासारको काम गैर कानुनि रहेको भन्दै यसलाई रोक्नका अभिभावक देखि समाज सवै चनाखो हुनु पर्ने वताएका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले जिल्लामा मानव वेच विखनका मुद्धाहरु पर्ने क्रम वढ्दो रहेको जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ५ वटा, २०७२÷०७३ मा ६ वटा,०७३÷०७४ मा ९ वटा र आर्थिक वर्ष ०७४÷०७५ मा १० वटा मुद्धा परेका थिए । यस्त गत आर्थिक वर्षमा भने यो संख्या घटेर चारमा आएको कार्यालयले जनाएको छ ।
वेचविखनका क्रममा लगिएका महिलाहरु वढि मात्रामा यौन शोषणमा पर्ने गरेको सो अवसरमा जानकारी दिईएको थियो । वेचविखनमा लगिएका मध्ये ७५ प्रतिशत महिला यौन शोषणमा पर्ने गरेको र २५ प्रतिशत पुरुष यसको शिकार वन्ने गरेको कार्यक्रममा वताईएको थियो । श्रम शोषणमा भने वढि मात्रामा पुरुष पर्ने गरेका छन् । विदेश गएका पुरुषहरु मध्ये ६५ प्रतिशत श्रम शोषणमा पर्ने गरेको र ३५ प्रतिशत महिला त्यसको सिकार वन्ने गरेको कार्यपत्रमा उल्लेख थियो ।
नेपालवाट वेचविखन तथा ओसारपोसारमा वेचविखनमा लगिएकाहरु वेश्यावृत्तिमा लगाईने र वेच विखन गर्ने गरीएको छ । यसमा सवैभन्दा वढि छिमेकी राष्ट्र भारतमा वढि लगिने गरिएको सो अवसरमा जानकारी दिईयो । अहिले पछिल्लो समय आएर विद्यार्थीहरु अध्ययन र रोजगारीको शिलशिलामा विदेश जाने गरेको र सो को क्रममा समेत वेच विखनमा पर्ने गरेको सो अवसरमा जानकारी दिईएको थियो ।
राष्ट्रिय सभा सार्वजनिक सरोकार समितिकी सभापति दिलकुमार रावलले एकिकृत भएर काम गर्न नसक्दा मानव वेचविखनका घटनाहरु वढ्दै गएको वताउनु भयो । यो नियन्त्रणका लागि राज्य र सर्वसाधारण जनता एक भएर लाग्नु आवश्यक रहेको उहाँको भनाई थियो । सवै तहमा साँझा कार्यक्रम वनाएर लागेमा मात्रै यसको निराकरण गर्न सकीने उहाँले वताउनु भयो । सहकार्य र साझेदारी मार्फत हिंशा न्यूनिकरण गर्नु पर्छ उहाँले भन्नुभयो ।
कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सवैको सहकार्यवाट मात्रै मानव वेचविखन तथा ओसारपोसार रोक्न सकीने वताउनु भयो । जिल्ला न्यायधिश यदुनाथ शर्माले मानव वेचविखना तथा आरोसपसार का विषयमा भएको कानुनि प्रावधानका वारेमा जानकारी दिनु भएको थियो । कार्यत्रलममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, भरतपुर महानगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी, चितवन जिल्ला अदालत वार एशोशियसनका अध्यक्ष कमलराज पाठक, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सृजना अर्याल लगाएतले वोल्नु भएको थियो ।