
चितवनः भरतपुरका युवा व्यवसायी उपेन्द्र पण्डीतले गोर्खाको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज लत्ताकपडा र स्टेशनरी प्रदान गर्नु भएको छ ।
पण्डीतका अनुसार सो विद्यालयका १५ जना विद्यार्थीलाई स्कुल ड्रेसको स्विटर र रु ६ हजारको स्टेशनरी वितरण गर्नु भएको हो । त्यसैगरि गत वर्षवाट पढाई खर्च वेहोर्दै आएका तीन विद्यार्थीलाई वर्ष दिन भरीका लागि विद्यालय पोशाक र दशैंका लागि एक–एक सेट कपडा खरिद गरिदिनु भएको हो ।
पण्डीतले ती तीनजना विद्यार्थीलाई गोर्खा वजार ल्याएर रु १२ हजार ६ सय ३३ वरावरको कपडा खरीद गरि ट्याक्सि चढाएर पठाएको जानकारी दिनु भयो । ती वालवालीकालाई उच्च शिक्षा सम्म पढाउने उहाँले वताउनु भयो । तीनै जना वालवालीका दलित समुदायका हुन । एक जनाको वावु र आमा सम्पर्कमा नरहेको उहाँले वताउनु भयो ।
यी विद्यार्थीहरु दुई जना कक्षा ६ मा र एक जना कक्षा तीनमा अध्ययन गर्दै आएका छन् । गोर्खा नगरपालिका वडा नम्वर पाँचमा रहेको सो विद्यालयमा अधिकांश दलित वालवालिका अध्ययन गर्दै आएका छन् ।