चितवनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुर विमानस्थलको स्तर उन्नतीका लागि आँफुले सक्दो प्रतिवधता व्यक्त गर्नु भएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहंँुदै अब गफ गर्ने समय नभई काममा जाने समय रहेकाले यस विमानस्थलको स्तरउन्नतीका लागि कामको गतिलाई तीब्रता वनाईने बताउनु भयो ।
तराईको लुक्ला भनेर चिनिने यस विमानस्थलको स्तर उन्नती संगै रात्रि कालिन सेवा समेत सुरु गर्ने गर्नका लागि महानगरपालिकाले सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा वोल्दै उहाँले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनु भएको छ ।
जनताले छिटोभन्दा छिटो विकास चाहेको भन्दै उहांँले विकासले गति लिएको जनताले देख्न नपाएमा बेचैनी बढेर जाने बताउनु भयो । उहांँले भन्नुभयो “ हामीले छिटो भन्दा छिटो एक्सनद्धारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ”। हामी सबैको ध्यान दिमाग र तागतहरु विकास निर्माणतर्फ लाग्न जरुरी भएको उहांँको भनाई थियो । अब देशले फेरी राजनीतिक अन्यौल, अस्थिरता थाम्न नसक्ने उहांँले बताउनु भयो ।
देशमानै रोजगारीको सिर्जना गरी देशको विकासलाई नयांँ युगतिर लैजान उहांँले जोड दिनुभयो । देशमा शान्ति , स्थिरता र राष्ट्रको एकतासंँगै संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति सबै लाग्नुपर्ने दाहालको भनाई थियो ।
देशकै मध्यभागमा रहेको चितवनलाई विकासको नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको भन्दै उहांँले नवलपरासी, मकवानपुर, धादिङ्ग र गोर्खाको केन्द्र विन्दुको रुपमा चितवन रहेको बताउनु भयो । यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणको बिषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसंँग छलफल गरिने बताउनु भयो ।
सो अवसरमा बोल्दै संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं विमान्स्थलमा चाप बढ्दै गएको भन्दै आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने बताउनु भयो । जसका लागि अध्ययन गर्न एक हप्ता भित्र समिति निर्माण गरी काम अघि बढाईने बताउनु भयो । उहांँले अब यस खालका छलफल र वैठक नहुने भन्दै काम अघि बढाइने बताउनु भयो ।
मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रीकालिन उडान गर्ने बताउनु भयो । भरतपुर विमानस्थल जोखिमपूर्ण बन्दै गएको भन्दै उहांँले उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले आवश्यक ठानेमा संँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न सक्ने बताउनु भयो । आफ्नो प्रदेशका सबै जिल्लामा साना विमानस्थल जरुरी रहेको भन्दै भरतपुर विमानस्थललाई विस्तार गर्नुपर्ने बताउनु भयो प्रदेश राजधानी हेटौंडा सुनिश्चित हुने कुरामा विश्वस्त रहेको भन्दै उहांँले यसका लागिपनि भरतपुर विमानस्थल विस्तारको खांँचो रहेको औंल्याउनु भयो । नेपाली सेनाका प्रदेश नम्बर ३ का पृतनापति ताराध्वज पाण्डेले सेना विकासको बाधक नभएको भन्दै प्राविधिक समिति बनाएर आवश्यक गृहकार्य गर्न सकिने बताउनु भयो ।
सो अन्तक्र्रियामा राष्ट्रिय सभा , प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु, राजनीतिक दलका प्रमुख एवं स्थानीय उद्योगी व्यवसायी र सरोकारवाला निकायका व्यक्तिहरुले विमानस्थल विस्तारका लागि सुझाव दिनुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जिल्लामा एकै खालका दई विमानस्थल आवश्यक नहुने भन्दै भरतपुर विमानस्थललाई काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । विस्तारका क्रममा नेपाली सेनालाई स्थानान्तरणको लागि आवश्यक जग्गा उपलब्ध गराउन सकिने बताउनु भयो । सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका एरोडुम इञ्निियरिङ्ग विभागका निर्देशक ईञ्जिनियर प्रदीप अधिकारीले भरतपुर विमानस्थलको प्राविधिक पक्ष र भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले समग्र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । धावन मार्ग छोटो हुंँदा जहाज उडान र अवतरणमा कठिनाई हंँुदै आएको छ । नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गरेर ७२ सिटे जहाज अवतरण गर्न सक्ने बनाउनको लागि पहल थालिएको हो ।
भरतपुर विमानस्थलबाट दैनिक ११ वटा जहाज काठमाडौं र पोखरा उडान हंँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !