
चितवनः भाद्र कृष्ण अष्टमीको अवसरमा चितवनका १७ वटा धार्मीक र आध्यात्मिक संस्थाले आज झाँकी सहितको सोभा यात्राले नगर परिक्रमागरेको छ । विहान नारायणगढको हरिहर मन्दीरवाट निस्किएको झाँकी सहितको शोभायात्रा भरतपुर महानगरपालिका वडा नम्वर ११ जागृतिचोकमा आई प्रवचनमा परिणत भएको थियो ।
प्रवचन सभामा वोल्दै महामण्डलेश्वर आत्मानन्द गिरिले धार्मिक क्षेत्रको संरक्षणले मात्रै आम जनताको रक्षा हुने वताउनु भयो । हिन्दु धर्म विश्वकै पुरानो धर्म भएका यसको संरक्षण र सम्वर्धन गर्नु आजको आवश्यकता रहेको उहाँले वताउनु भयो ।
ईस्कोनका अन्तराष्ट्रिय प्रचारक प्रो डा इगोर ओब्लोन्कोभ (श्रद्धेय पत्री प्रभुजि)ले नेपालको धार्मीक महत्वका वारेमा प्रवचन दिनु भएको थियो । सो अवसरमा वोल्दै उहाँ धार्मीक रुपमा नेपालको महिमा महत्वपूर्ण रहेकाले यसलाई विश्वमाझ पुर्याउनु पर्ने वताउनु भयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष रामचन्द्र अधिकारीले धार्मीक रुपमा नेपाललाई हिन्दु राज्य कायम गराउन आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेल, समाज सेवि उमाशंकर अग्रवाल लगाएतले वोल्नु भएको थियो ।