चितवनः आज विहान जिल्लाको दुई स्थानमा आगलागी भएको छ । भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा बिहान ७ वजे आगलागी भएको हो भने नारायणढको लायन्स भवनमा राति २ वजे आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिईएको छ । प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, दमकल र स्थानीयको सक्रियतामा आगो नियन्त्रर्णमा लिईएको प्रहरीले जनाएको छ ।
वैंकको पहिलो तल्लावाट धुवाको मुस्लो निक्लिय पछि भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा लिएका हुन । आगलागीको कारण र क्षेतीको विवरण आई सकेको छैन । आगलागीका कारण वैंकका प्रवन्धकको कार्यकक्ष जलेर नष्ट भएको छ ।
यस्तै चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आज राती आगलागी भएको छ ।
आगलागीबाट भुइ तलामा रहेको ‘गुगल मोबाइल पसल’ पूर्णरुपमा क्षती भएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । विजुलिको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगोलाई भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !