चितवनः प्रजातन्त्रका सेनानी पूर्णकान्त पोख्रेलको निधन भएको छ । ७४ वर्षको उमेरमा उहाँको आज निधन भएको हो । साउन २० गते वाटो काट्ने क्रममा मोटरसाइृकलको ठक्करवाट घाईते पोख्रेलको आज निधन भएको हो ।
प्रजातान्त्रिक आन्दोलनमा लामो समय संघर्ष गर्नु भएका पोख्रेलको निधनले सिंगो काँग्रेसलाई क्षती पुगेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वताउनु भयो । उहाँको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडु र नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाली कांग्रेसको झण्डा ओढाई भावपूर्ण विदाई गर्नुभयो ।
नेपाल किसान संघका केन्द्रीय सदस्य पोख्रेल लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । चितवन भरतपुर महानगरपालिका ५ निवासी पोख्रेलका छोराहरु कन्चन पोखरेल र अर्पण पोखरेल पनि नेपाली कांग्रेसको युवा नेता हुनुहुन्छ । उहाँका दुई श्रीमती र तीन छोरी रहनु भएको छ । पोखरेलको निधनप्रति नेपाली कांग्रेसले दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !