चितवनः जिल्लामा एच आई भि संक्रमितहरुले सुरक्षित वच्चा जन्माउने क्रम वढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्ष देखि हाल सम्म ९० जना गर्भवती आमाले वच्चा जन्माएका छन् । ती मध्ये ५ वटा वच्चामा संक्रमण देखिए पनि ८६ जनामा भने संक्रमण भेटिएको थिएन ।
भरतपुर अस्पतालमा रहेको एन्टीरेक्टो भाईरल थेरापि(एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित वच्चा जन्माउने गरेका छन् । यस्तै सन २०१९ को ६ महिनामा चार जनाले वच्चा जन्माई सकेका छन् भने अझै चार जना आमा वच्चा जन्माउने तयारीमा रहेका छन् । संक्रमित भएको थाहा भए देखिनै औषधि सेवन गर्दा औषधिका कारण वच्चामा र पाटनरमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार सन २००७ मा स्थापना भएको यस केन्द्रवाट वच्चा जन्माउन आएका आमाहरुले समयमानै औषधि प्रयोग गर्ने गरेमा वच्चामा संक्रमण नहुने गरेको छ । वच्चा वसिसकेपछि एच आईभि संक्रमण देखिएका पाँच जना आमाले जन्माएको वच्चामा मात्रै संक्रमण भेटीएको उहाँको भनाई थियो ।
अहिले केन्द्रको सम्पर्कमा रहेका १ सय ७५ जोडीले औषधि सेवन गर्दै वच्चा जन्माउने तयारीमा रहेका छन् । उनीहरु दुवैजान संक्रमित हुन । अहिले औषधिका कारण आँफुहरुले सुरक्षित वच्चा जन्माउन सकेको संक्रमित धिरन अधिकारीले वताउनु भयो । औषधिको सेवनले मानिसको जिवन लामो हुने र वच्चा जन्माउन चाहाय देखि वच्चा समेत संक्रमित नहुने अधिकारीले वताउनु भयो । उहाँले भन्नुभयो “औषधिको प्रयोग गरेर दुईवटा वच्चा जन्माईयो, उनिहरुमा संक्रमण छैन ।”
केन्द्रको परामर्श अनुसार वच्चा जन्माउने संक्रमितहरुको संख्या पनि वढ्दो रहेको छ । सन २०१८ मा मात्रै १२ जना आमाले वच्चा जन्माएका छन् । ती मध्ये संक्रमण ढिलो भेटिएकी एक आमावाट जन्मिएका छोरालाई मात्र संक्रमण भेटिएको थियो । अहिले संक्रमण देखिने वित्तिकै औषधिको सेवन र्गन पाईन्छ ।
अहिले अस्पतालमा रहेको केन्द्रवाट ८ सय ९५ जनाले औषधि सेवन गर्दै आएका छन् । केन्द्रको सम्पर्कमा १ हजार सात सय २९जना सम्पर्कमा आएका छन् । ती मध्ये कतिपयले आफ्नो पाएक पर्ने स्थानवाट औषधि लिदै आएका छन् । अस्पतालको सम्पर्कमा आएका आमाहरुमा चितवन, नवलपुर, मकवानपुर, धादिङ् गोर्खा लगाएतका जिल्लाका रहेका छन् । वढि मात्रामा चितवनको रहेका छन् । २०७३ सालमा एक संक्रमितले जुम्ल्याहा वच्चा जन्माएका थिए । उनीहरुमा पनि संक्रमण देखिएको थिएन । औषधिको सेवनका कारण जन्मिएका वच्चाहरुमा संक्रमण कमि हुने गरेका हो ।
अहिले केन्द्रवाट ४ सय ८ जना पुरुष, ४ सय २६ जना महिला र ६१ जना वच्चा रहेका छन् । ती मध्ये १२ जना समलिङ्गी र २ जना तेस्रो लिङ्गी रहेका छन् । पुरुषहरुको अल्कोहल सेवन, ध्रुमपान सेवन लगाएतका कारण चाँडो मृत्यु हुने गरेका कारण संक्रमित हुनेमा पारिवारिक अवस्था कम्जोर हुने देखि धनाड्य परिवपार सम्मका रहेका छन् । संक्रमण भेटिए पछि विचमा औषधि छाड्ने ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !