चितवनः चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमुना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख वजेट विनियोजन गरि सकेको छ ।
विभागका सुचना अधिकारी विष्णु प्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन् तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती वन्यजन्तु वितरण र पालनका सम्वन्धमा जानकारी दिने उदेश्यले केन्द्र निर्माण गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को २०७३ मा भएको पाँचौ संशोधनमा वन्यजन्तु पाल्न सक्ने व्यवस्था गरिएको छ ।
सोहि अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को पाँचौ सशोधन मन्त्री परिषदमा छ । केन्द्र स्थापना भए संगै त्यहाँवाट तोकीएका विउ प्राणी खरिद गरेर लैजान, अध्ययन,अनुसन्धान गर्न सहज हुने श्रेष्ठले जानकारी दिनु भयो ।
ऐनले उल्लेख गरेका वन्यजन्तु पाल्न चाहानेले सरकारले तोकेको राजस्व तिरेर पाल्न पाउने छन् । केन्द्रमा कसरी वन्यजन्तु पाल्न सकीन्छ भन्ने नमुना समेत देखाईने उहाँको भनाई छ । ऐनको अनुसुचि एक मा नभएका मृग प्रजाती, चराहरु, सर्प, वदेल, वाँदर जस्ता जनावरहरु पाल्न सकीने छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा नजिकै देवनगरमा केन्द्र वनाउने तयारी गरिएको वताउनु भयो । सो ठाउँमा वन्यजन्तुको उद्धार केन्द्र वनिरहेको छ । यस संगै यस केन्द्र वनाईने उहाँको भनाई छ ।
यहाँ केन्द्र निर्माण संगै चितवनमा पर्यटकका लागि अर्को स्थान थपिने पर्यटन व्यवसायीहरुले वताएका छन् । केन्द्रमा अध्ययनका लागि राखिएका जनावरहरु हेर्नका लागि आउनेहरु लाई समेत सहज हुनुका साथै उसको आनिवानिको ज्ञान समेत हुने छ ।