चितवन:देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चलमलाए पछि पुनः अस्पतालमा फर्काईएको छ । संगै मृत्यु भएको भनि गाडीएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडीकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिईन । प्रहरी उपरिक्षक दान वहादुर मल्लका अनुसार जन्मिएका शिशु मध्ये एक जनाको मृत्यु भएको र अर्को एक जिवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगे पछि अर्को शिशु पनि मृत्यु भयो भनि अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।
मल्लका अनुसार खाल्टोमा राख्ने क्रममा एउटा शिशु चल्मलाए पछि अस्पताल फर्काईएको हो । शंकास्पद देखिए पछि अर्को शिशु पनि उत्खनन गरि पोष्टमार्टमका लागि ल्याईएको उहाँले जानकारी दिनु भयो । अस्पताल फर्काईएको शिशुको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । घटना शंकास्पद देखिए पछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उहाँले वताउनु भयो । पक्राउ परेकाहरु शिशुका बुबा, फुपूदिदी र थप एक व्यक्ति रहेका छन् ।
अनुसन्धान भईरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुई मध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको हो भने ८ सय ग्रामको शिशु जिवित रहेको मल्लले वताउनु भयो । घटना शुक्रवार भएको हो । विहिवार ती वच्चा जन्मिएका थिए । गर्भ रहेको सात महिनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस !