
चितवनः नेपाल नेत्रज्योति संघ आगामी पाँच वर्षमा ३ सय ५० स्थानमा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्यका साथ अघि वढेको छ । नेपाल नेत्रज्योती संघ प्रदेश नम्वर तीनको प्रथम अधिवेशनको उद्घाटनका क्रममा सो जानकारी दिईएको हो ।
संघले ५० हजार जनसंख्या वरावर १ उपचार केन्द्र अवधारण अनुसार देशभर सो संख्यामा केन्द्र स्थापना गर्न लागेको संघका उपाध्यक्ष डा. चेतराज पन्थिले जानकारी दिनु भयो । उहाँका अनुसार हाल देशभर ८६ आँखा उपचार केन्द्र रहेका छन् । जस मध्ये प्रदेश नम्वर ३ मा १२ वटा रहेको उहाँले जानकारी दिनु भयो ।
अहिले संघले १९ वटा आँखा अस्पतालहरुवाट सेवा दिदै आएको छ । विरामीहरुको चाप वढे संगै उपचार केन्द्रहरु थप गर्दै लगिने संघका कोषाध्यक्ष चिजकुमार मास्केले जानकारी दिनु भयो । मास्केका अनुसार संघले संञ्चालन गरेको भरतपुर आँखा अस्पतालले चितवन, नवपुर, धादिङ्, पर्सा, वारा, लगाएतका जिल्लामा उपचार केन्द्र मार्फत सेवा दिदै आएको छ ।
संघले केन्द्र स्थापनाका लागि प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । कार्यक्रममा वोल्ने वक्तानहरुले सरकारले अनुदान नभई काम दिनु पर्ने वताएका थिए । काम गर्नका लागि ठाउँ दिए खर्चको व्यवस्थापन आँफै हुने भन्दै उनीहरुले प्रविधि र स्थानको व्यवस्था गरिदिन प्रदेश सरकार संग माग समेत गरेका थिए ।
प्रदेश नम्वर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल प्रदेश सरकारले जनताको स्वास्थ्यका लागि मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम संञ्चालन गर्न लागेको जानकारीदिनु भयो । अघिल्लो आर्थिक वर्षमा परिक्षण स्वरुप विभिन्न जिल्लाका १० हजार जनालाई यस कार्यक्रममा समावेस गराईएको वताउँदै उहाँले चालु आर्थिक वर्षमा प्रदेशका सवै जिल्लामा यो कार्यक्रम लागु हुने गरि काम भईरहेको जानकारी दिनु भयो ।
अहिले प्रदेश सरकार जनताको स्वास्थ्यका क्षेत्रमा योजना वद्ध रुपमा लागिरहेको उहाँको भनाई थियो । मानिसको सवैभन्दा महत्वपूर्ण अंग आखाँ रहेको वताउँदै उहाँले भन्नुभयो “आँखा संरक्षणका लागि अभियान संञ्चालन गर्नु आवश्यक छ ।” दुर दराजमा रहेको आँखाका विरामीहरुले पनि सेवा पाउनु पर्ने उहाँको भनाई थियो । सरकारले संञ्चालन गरेका स्वास्थ्य संस्थाहरुले चाहेजस्तो सेवा दिन नसकेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो । उहाँले भन्नुभयो “विगतको विरासतका रुपमा अस्पतालहरु रहेका कारण जनताको चाहना अनुरुपको सेवा दिन चुनौती वनेको छ ।”
स्वास्थ्य जीवन विना सम्वृद्ध नेपालको परिकल्पना गर्न नसकीने भन्दै उहाँले भ्रमण वर्षका समयमा स्वास्थ्य, कृषि पर्यटनको विकास गरि राज्यको कार्यमा सहयोग पुर्याउन समेत आग्रह गर्नु भयो । संघका कोषाध्यक्ष चिजकुमार मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु घनश्याम दहाल, मिलन वावु श्रेष्ठ, संघका काठमाडौं जिल्ला अध्यक्ष राजकुमार राज भण्डारी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।
अधिवेशनमा प्रदेश नम्वर तीनको काठमाडौ, चितवन र धादिङ् जिल्लाका २१ जनाको सहभागिता रहेको थियो । यो संगै संघ संविधान अनुसार प्रादेशीक संरचनामा अघि वढेको छ । संघको ४३ जिल्लामा शाखा रहेको छ ।
यसै विच संघ प्रदेश नम्वर तीनको प्रथम अधिवेसनले ऋषिराम पौडेलको अध्यक्षतामा ९ सदसीय कार्यसमिति चयन गरेको छ । आज यहाँ सम्पन्न अधिवेशनले पौडेल सहित ९ जनालाई सर्वसहमत रुपमा संघको प्रदेश कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति चयन संगै आजै वसेको कार्यसमितिको पहिलो वैठकले जिम्मेवारी वाँडफाड गर्नुका साथै दुई जनालाई सदस्यमा मनोनित गरेको छ । वैठकले उपाध्यक्षमा प्रा.डा. सारदा प्रधानाङ्ग, सचिवमा प्रमोद कुमार श्रेष्ठ, कोषाध्यक्षमा नवराज छत्कुली रहनु भएको छ । यस्तै समितिको सदस्यहरुमा मिरा रिमाल, मुक्तिकला लामिछाने, उत्तमलाल चुके, विमल पौडेल, नवराज तिमल्सिना, भरत दवाडी र धुर्व थापा रहनु भएको छ । दवाडी र थापालाई पहिलो वैठकले सदस्यमा मनोनित गरेको हो ।