
चितवनः माडीका पार्टी प्यालेसमा विहेगर्दा त्यहा लाग्ने रकमको निश्चित प्रतिशत नगरपालिकालाई बुझाउनु पर्ने भएको छ । नगरकार्यपालिकाको सम्पन्न ३५ औं वैठकले यो नियम पारित गरेको हो ।
सो रकम नगरपालिकाले संञ्चालन गरेको अभिभावक विहिन वालवालीकाको आवास गृहमा खर्च गरिने छ । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार सो आवास गृहमा अहिले ३७ जना वालवालीका रहेका छन् । उनीहरुको खर्च व्यवस्थापनका लागि कार्यपालिकाले यो निर्णय गरेको हो । नगरपालिकाको वडा नम्वर ६ मा रहेको लक्ष्मीवासमा रहेको सो आवास गृहमा अनाथ वालवालीकाहरु राखिएको छ । सके सम्म वैवाहिक कार्य घर वाटै गर्ने र खर्च कम गराउने उदेश्यका साथ यो निाणर््य गरिएको हो ।
यस्तै नगरपालिकाले दक्षिणा स्वरुप दिईने पैसा निधारर्ण गरेको छ । कार्यपालिका वैठकले दक्षिण स्वरुप रु १ सय १ कायम गरेको छ ।
प्रमुख ढकालले समाजमा हुने भड्कीलो पनालाई नियन्त्रर्ण गर्नका लागि यो निर्णय गरीएको वताउनु भयो । यो निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासिहरुलाई अपिल गरिने उहाँले जानकारी दिनु भयो । हुने खानेले विवहा, व्रतवन्ध, पूजाआजा लगाएतका शुभकार्यमा वढि दक्षिणा दिने र हुनेदाँ खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद निम्तिीएको भन्दै नगरपालिकाले विभेद अन्त्यका लागि यो निर्णय गरेको ढकालले वाताउनु भयो ।
माडीमा अहिले तीन वट पार्टीप्याले संञ्चालनमा रहेका छन् भने अन्य खुल्ने क्रममा रहेका छन् । नगरपालिकाको कार्यपालिका सदस्यहरुबाट तत्काल सुरुवात हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।
प्रवक्ता सुवेदीले एकै परिवारमा २ वटा छोरी जन्मेको भए दुबैजनालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने वताउनु भयो । छुवाछुत प्रथा हटाउन छुवाछुत बिरुद्धको दिवसमा सहभोज आयोजना गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।
यस्तै कार्यपालिका वैठकले नगरपालिकाको वडा नम्वर ९ मा रहेको प्याउलीमा बाल शिक्षा केन्द्र स्थापना गर्ने र नगरपालिको भूगोल, जनसंख्या, भूःउपयोगको अवस्था एवं आर्थिक सामाजिक पक्ष समेटी नगर प्रोफाइल तयार गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।