
चितवनः जिल्लामा रहेका माध्यामिक विद्यालयहरुले नमुना माविको रुपमा विकास गर्नका लागि शिक्षा समन्वय ईकाईमा निवेदन दिने क्रम वढेको छ । शिक्षा समन्वय ईकाईमा हाल सम्म १७ वटा माध्यामिक विद्यालयले नमुनाका लागि सिफारीस पत्र पठाएका छन् । ती मध्ये चालु आर्थिक वर्षका लागि संघिय सरकार द्धारा एउटा मात्रै विद्यालयलाई नमुना छनोट गरिएको छ ।
भण्डारा मावि चालु वर्षमा नमुना माविमा पर्न सफल भएको होे । नमुना माविमा भण्डारा मावि परे संगै जिल्लामा चार वटा माध्यामिक विद्यालय नमुनामा पर्न सफल भएका छन् । ती सवैलाई सरकारले २ विगाह जमिन, विज्ञान संकाय पढाई भएको हुनु पर्ने, विद्यार्थि संख्या प्रयाप्त हुनु पर्ने, भौतिक संरचना प्रभावकारी हुनु पर्ने, शिक्षक दरवन्दि प्रयाप्त हुनु पर्ने लगाएतका नितिहरु रहेका छन् ।
जिल्लामा रहेका २९ वटा सामुदायिक विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । जिल्ला शिक्षा समन्वय ईकाई चितवनका अनुसार जिल्लामा रहेका सात वटा स्थानीय तहले विद्यालय गाभेका हुन ।
ईकाई प्रमुख भूमिलाल सुवेदीका अनुसार माडी नगरपालिकामा १२ वटा, ईच्छाकामना गाउँपालिकामा ७ वटा, राप्ती नगरपालिकामा ५ वटा, कालिका नगरपालिकामा २ वटा र भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिएकामा एक÷एक वटा विद्यालय गाभिएका हुन् ।
शैक्षिक नियमावली अनुसार प्राथमिक विद्यालयमा कक्षा १ देखि ३ सम्ममा ५० जना विद्यार्थीहरु आवश्यक हुन्छ । यस्तै त्यस भन्दा माथिल्लो तहमा प्रति शिक्षक ४० जना विद्यार्थी नभएका विद्यालयहरुको घटुवा गर्ने तथा विद्यालय गभिने गर्दछ ।
मापदण्ड पूरा हुन नसकेका विद्यालय गाभिएको सुुवेदीले बताउनुभयो ।