चितवनः पत्रकार शालिकराम पुडासैनीले झुण्डीएर आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्वर १ पोखरा वसपार्कमा रहेको होटल कंगारुमा उनले झुण्डीएर आत्महत्या गरेका हुन ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्वर ३ घर भई माउण्टेन टेलिभिजनमा कार्यारत पुडासैनीको साथमा रहेको परिचय पत्रका आधारमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार पुडासैनी काठमाडौंवाट सोमवार मात्र चितवन आएर होटलमा वसेका थिए ।
साँझ खानाखान नझरेपछि होटलका कर्मचारीहरुले गएर हेर्दा ढोका लगाएको र खोल्नलाई आग्रह गर्दा नखोले पछि प्रहरीलाई वोलाएका थिए । प्रहरी पुगेपछि ढोका खोलि हेर्दा पंखामा पासो लगाई झुण्डीरहेको अवस्थामा भेटिएको हो । आफन्तहरु आए संगै पोष्टमाटमको प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ । आत्महत्यको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !