चितवनः वर्षातको समयमा आएको वाढीका कारण प्रभावित वनेका तराईका वासिन्दाहरुलाई“हाम्रो दृष्टि राम्रो दृष्टि” नामक संस्थाले सहयोग गरेको छ । संस्थाले सर्लाही जिल्लाको बासबारिया गाउपालिका अन्तर्गतका ६ वटा वडाका १५५ घर परिवारलाई सहयोग प्रदान गरिएको हो ।
संस्थाले ३ लाख बराबरको खाद्यान्न, लत्ताकपडा, सेनेटरी प्याड, टर्चलाइट लगायतका सामाग्री सहयोग गरेको हो । चितवन र नवलपुरको विभिन्न स्थानमा पुगेर विभिन्न कला र प्रदर्शनी देखाएर संस्थाले करिब १ हप्ताको अवधीमा उक्त सहयोग सङ्कलन गरिएको थियो । संस्थाले प्रदान गरेको सहयोगले बाढीपीडित घरपरिवारलाई केही हदसम्म भएपनी राहत दिने सोचेर नै यो अभियान सन्चालन गरिएको अभियानका संयोजक एन्जिला न्यौपाने वताउनु भयो ।
यो अभियान सफल पार्न संस्थाका सदस्यहरु लगायत सम्पुर्ण सामाजिक अभियन्ता, सहयोगी हातहरुको योगदान रहेको भन्दै आगामी दिनमा पनि विपदमा परेकाहरुको सहयोग गर्ने संस्थाका अध्यक्ष वसन्त गैरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !