मकवानपुर: विप्लव नेतृत्वको नेकपाले गरेको मध्य कमाण्ड बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुईवटा सवारी साधमा अगजनी गरिएको छ । जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ । गएराती मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले सिंहले बताउनुभयो ।
सवारीमा क्षति भएपनि मानविय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो । यसैविच वन्दको प्रभाव चितवनमा पनि परेको छ । वजारहरु वन्द भए पनि सवारीसाधकनहरु भने फाट्ट फुट्ट रुपमा संञ्चालमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !