चितवन: जुवा खेलेको आरोपमा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्वर १५ मंगलपुर नमुना टोलवाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपि कौडा खेलीरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरुको साथवाट रु २ लाख ९३ हजार ३ सय ५० नगद सहित २ थान मोवाईल, गलैचा एक थान, कोठाको चौकोस १ थान, कौडा ३१ थान वरामत गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई एक आपसमा वाजी थापी कौडा खेलको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
करणी गर्ने पक्राउ
जवरजस्ति करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्वर ३ वस्ने ३५ वर्षिय हरि श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार श्रेष्ठले छिमेकी वालिकालाई जवरजस्ति करणी गरेको आरोपामा पक्राउ गरिएको हो । उनलाई प्रहरीले नगरवन क्षेत्रवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
कोईरालाका अनुसार श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफन २१९ अन्तर्गत करणी सम्वन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गरि चार दिनको समय थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !