चितवनः भरतपुर विमानस्थलवाट हवाई यात्रा गर्नेका नेपाली घट्ेका छन् भने विदेशी नागरीक वढेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिए पछि हवाई मार्गको प्रयोग गर्ने नेपाली यात्रुको संख्यामा कमि आएको हो । भरतपुर नागरिक उड्ययन कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने नेपाली यात्रुहरुको संख्यामा कमि आएको छ भने विदेशी पर्यटक वढेका हुन ।
कायालयका प्रमुख पवन कुमार गौतमका अनुसार अघिल्लो आर्थिक वर्षमा १० हजार ३ सय ८५ जना विदेशी पर्यटकले हवाई मार्ग प्रयोग गरेकोमा गत आर्थिक वर्षमा २१ हजार ३ सय २० जना विदेशीले हवाई मार्गको प्रयोग गरेका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा भरतपुर विमानस्थलवाट ८ हजार ७ सय ७० उडान मार्फत २ लाख ७० हजार ६ सय २६ जनाले यात्रा गरेकोमा यो संख्या घटेर गत आर्थिक वर्षमा ६ हजार ५ सय ६६ उडान वाट १ लाख ८७ हजार ८ सय ३८ जनाले मात्र हवाई यात्रा गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८२ हजार ७ सय ८८ जना यात्रु घटेका हुन ।
यात्रु घटे संगै राजस्वमा पनि गिरावट आएको छ । अघिल्लो वर्ष रु.३ करोड ६ लाख ५४ हजार राजस्व संकलन गरेको विमानस्थलले गत वर्ष भने रु. २ करोड २७ लाख ६९ हजार मात्रै राजस्व संकलन भएको छ । राजस्व संकलनमा प्रभाव पार्ने यात्रु सेवा शुल्क गत आर्थिक वर्षमा रु १ करोड ६९ लाख ५४ हजार मात्र संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा सोही शिर्षकमा रु २ करोड ४५ लाख ४० हजार १६ लाख ६२ हजार राजस्व संकलन भएको थियो ।
सडक राम्रो भए संगै हवाई मार्गको प्रयोग गर्ने यात्रुहरु सडक मार्फत यात्रा गर्न लागे पछि विमानस्थलमा यात्रुको चाप घटेको हो । कार्यालयका प्रमुख गौतमका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा दैनिक २४ वटा सम्म जहाज उडान र अवतरण भएको भए पनि गत वर्ष भने दैनिक ७ देखि ८ वटामा झरेको थियो । वुद्ध एयर र एति एयरलाईन्सले भरतपुर–काठमाडौं उडान गर्दै आएका छन् । वुद्ध एयरले भरतपुर–पोखरा पनि उडान भर्दै आएको छ ।