चितवनः नेपाल पोल्ट्री महासंघले नारायणगढमा कुखुराको आहारा परिक्षणका लागि प्रयोगशाला संञ्चालन गर्ने भएको छ । दाना, पानी, भिटामिन लगाएतमा रहेको गुणस्तर परिक्षणका लागि प्रयोगशाला संञ्चालन गर्न लागिएको हो ।
प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरणहरु मध्ये दानामा ढुसिवाट उत्पादन हुने विषादीको अवस्थाको परिक्षण गर्ने चाम एनलाईजर उपकरण महासंघलाई जर्मनको एक कम्पनिले प्रदान गरेको छ । यहाँ आज आयोजित एक कार्यक्रममा जर्मनको ईडव्लु न्यूट्रिसनका अन्तर्राष्ट्रिय वजार प्रवन्धक किङ्सुक चक्रवतीले महासंघका अध्यक्ष गुणचन्द्र विष्टलाई उपकरण हस्तान्तरण गर्नु भयो ।
सो उपकरणलाई नेपाली रु १६ लाख पर्ने चक्रवतीले जानकारी दिनु भयो । पोल्ट्री व्यवसायी मञ्च रहेको ठाउँमा स्थापना गर्न लागिएको प्रयोगशालामा यो उपकरण रहने विष्टले वताउनु भयो । आँफुले उत्पादन गरेको र खुवाउन ल्याएको दानाको परिक्षण गर्न सकीने विष्टको भनाई छ ।
हस्तान्तरण गरिएको उपकरणले बिशेष गरी दानामा अफ्ला ढुसि, ओकर ढुसि, टि टु, डन, फिमिनोसीन, जेरालीलोन लगाएतको मात्रा कति छ भन्ने पत्ता लगाउन सहयोग पुग्ने चक्रवतीले जानकारी दिनु भयो ।
महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले केहि दिनमा कुखुराको आहारामा हुने प्रोटिन र ईनर्जी परिक्षण गर्ने अर्को उपकरण पनि ल्याईने वताउनु भयो । पंक्षि संगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव हुने भएकाले खुवाउने दाना, पानी, भिटामिनहरु परिक्षण गरेर मात्र खुवाउन सहयोग पुर्याउने उद्धेश्यले प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
नेपालमा कुखुरा जन्य क्षेत्रमा एक खर्व भन्दा वढि लगानि भएको व्यवसायीले वताउँदै आएका छन् । जस मध्ये आधा हिस्सा चितवनमा रहेको पोख्रेलले वताउनु भयो । कान्तिपुर भेट डिस्ट्रीव्युटको संयोजनमा महासंघलाई सो मेसीन हस्तान्तरण गरिएको हो ।