चितवनः नारायणी लिफ्ट मार्पत पानी वग्न छोडे पछि नहलाई उद्योन सहितको हरित मार्ग निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ मा नमुना किसिमको उद्यान सहितको हरित मार्ग निर्माण गरिने भएको छ । नारायणी लिफ्टको पानी वग्न छाडेर चौरको रुपमा परिणत भएको ठाउँलाई उपयोग गरि हरित मार्ग निर्माण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्वर ११ का अध्यक्ष वावुराम अधिकारीका अनुसार वसेनीवाट नहरचोक सम्म वाईपास सडकको समानान्तर हुनेगरि हरित मार्ग निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भईसकेको छ । जस अनुसार १ दशमलव ४३ किलोमिटर लामो र ९ मिटर देखि १८ मिटर चौडा स्थललाई पैदल मार्ग सहितको हरियाली उद्यान वनाईने छ । सडकको विचमा वगैंचा र दुवै छेउमा तीन मिटर चौडाको पैदल हिड्नका लागि वाटो वनाईने छ ।
पार्क सहितको हरित मार्ग निर्माणका लागि रु ४ करोड ८५ लाख खर्च हुने छ । जसका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संग वजेट माग गरिएको छ । सो क्षेत्रका प्रदेश सभा सदस्य विजय सुवेदीले नहर मासेर सामान्य सडक वनाईने गरेकोमा सो क्षेत्रमा नमुना प्रकृतिको उद्यान वनाउन लागिएको वताउनु भयो । विहान र वेलुका सुरक्षित हिडाईका लागि सहयोग पुग्ने गरि हरियाली मार्ग पनि उद्यान भित्र रहने उहाँको भनाई छ ।
सो स्थानमा वृद्धवृद्धालाई हिडडुल गर्न र वस्ने ठाउँ व्यवस्था गरिने छ । वातावरण संरक्षणका लागि तीन वटै सरकार संग कार्यक्रम रहेकाले वजेट अभाव नहुने उहाँको भनाई छ । महानगर भित्रकै नमुना उद्यानको रुपमा यसलाई विकास गर्नुपर्ने सुवेदीको तर्क छ । पार्क भित्र कुनैपनि सवारी साधन लान नहुने गरि वनाउनु पर्ने उहाँले वताउनु भयो ।
भरतपुरको शहरी क्षेत्रमा जनघनत्व वढिरहेको समयमा यस्ता उद्यानले महत्वपूर्ण अर्थ राख्ने सुवेदीको भनाई छ ।