
चितवनः ईच्छाकामना गाउँपालिका वडा नम्वर ४ फिस्लीङ् स्थित पृथ्वी राजमार्गमा आज विहान ट्रक पछाडी वस ठक्कर खाँदा वसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा झापाको मेचि २ वस्ने २३ वर्षिय भानु तिमिल्सीना रहेका छन् । उपचारका लागि भरतपुर तर्फ ल्याउँदै गर्दा उनको वाटोमानै मृत्यु भएको हो ।
गौरवाट भौसी लिएर काठमाण्डौं तर्फ जाँदै गरेको ना ७ ख २५६१ नम्वरको ट्रकलाई काँकडभिट्टावाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८१९ नम्वरको वसले पछाडीवाट ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटना विहान ४ः४५ वजे भएको हो ।
दुर्घटनामा परि घाईते भएकाहरुको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । सवैको अवस्था मध्येम रहेको छ । ट्रक र वस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।