चितवनः धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाईमा चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका रकम संकलन हुने क्रम वढेको छ । उद्योग वाणिज्य संघ चितवनले आज विहीवार मात्रै ५५ लाख ५५ हजार ५ सय ५५ को चेक हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानले संघले सहयोग रकमलाई वढाएर १ करोड पुर्याउने जानकारी दिनु भयो । यस अघिनै संघले रंगशालाका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोहि अवसरमा जिल्ला क्रिकेट एशोशिएशन चितवनका अध्यक्ष कैलाश प्रधानले २ लाख ५५ हजार ५ सय ५५ को चेक कट्टेललाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा रंगशालाका लागि आवश्यक पर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया व्रदर्श एण्ड सप्लायर्सले सहयोग वापत उपलव्ध गराउने घोषणा गरेको छ । सो अवसरमा सप्लायर्सका संञ्चालक दिनेश थपलियाले सेनेटरी सामाग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गर्नु भयो ।
सहयोग रकम वुझेपछि कट्टेलले जिल्लावासीवाट सहयोग जुट्ने क्रम वढे संगै आँफु उत्साहीत भएको वताउनु भयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रंगशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहहरुमा सहयोग समिति वन्ने क्रम सुरु भएको भन्दै सवैलाई साथ र सहयोगमा जुट्न अपिल गर्नु भयो ।
जेठ १५ गते स्थानीयले वाटोको विवादलाई लिएर अस्थायी वार भत्काए पछि निर्माणको काम रोकीएको थियो । दुई दिन अघि काम सुरु भए संगै सहयोग रकम जुट्न थालेको छ । भरतपुर महानगरपालिका वडा नम्वर १५ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो ।