चितवनः आन्तरिक बिबादमा फसेको नेपाल अण्डा उत्पादक संघ केन्द्रिय समितिलाई विशेष अबिधेशनको चटारोले छोपेको छ । यही साउन ११ गते बिशेष अधिवेशनका लागि विवादीत दुई समहुनै नेतृत्व हत्याउनका लागि ठूलो कसरतमा लागेका छन् ।
केहि समय देखि विवादमा पसेको संघलाई प्रशासनले हस्तक्षेप गरि समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको थियो । सहजीकरण समितिले विशेष अधिवेसन को मिति तय गरे संगै संघमा आवद्ध व्यवसायी तथा किसानहरुलाई आफ्नो पक्षको नेतृत्वलाई निर्वाचित गराउनका लागि निर्वाचनको मिति नजिकिदै जाँदा निकै कसरत गर्न लागेका हुन ।
केही समय अघि सौराहामा भएको साधारण सभामा बिबाद भएपछि दुईवटा समिति गठन भए संगै विशेष अधिवेसको सुरु गरिएको हो । नेपाल अण्डा संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेलका अनुसार यसह साउन ११ गते विशेष अधिवेशन गर्न लागिएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनले उद्योग संघ चितवनका अध्यक्षको संयोजकत्वमा सहजिकरण समिति गठन गरेको थियो र सो समितिले विशेष अधिवेशनको मिति तय गरेको हो ।
समितिले मिति तय गरे संगै व्यवसायीहरु आआफ्नो लविमा लागेका छन् । पछिल्लो समय चितवनका अण्डा उत्पादक तथा विक्रेताहरु संस्थापन पक्षको लविमा लागेको पाईएको छ । विवादीत छवि भएकाहरु ले भन्दा पुराना व्यवसायी जसले संघको नेतृत्व र व्यवसायीक मर्यादा वुझेको चाहिने उनीहरुको वुझाई रहेको छ । उद्योगि व्यवसायीहरु उवासंघ रत्ननगर उपाध्यक्ष विनोद पोख्रेल अवको नेतृत्व रघुनाथ भट्टले गर्नु आवश्यक रहेको वताउनु हुन्छ ।
व्यवसायको हितका लागि अघि वढाने, व्याक्तिगत स्वार्थमा नलाग्ने, हिजो अस्तिको विग्रिएको सम्वन्ध समाधान गर्ने, समान रुपले मिलाएर लैजाने, उत्पादक, सप्लायर्स सवैलाई मिलाउदै व्यवसायीक हितमा लाग्न सक्ने क्षमता भट्टमा रहेकाले उहाँलाई निर्वाचित गराउन आवश्यक रहेको उहाँको भनाई थियो ।
पछिल्लो समयमा आएर विवादीत वनाउने कोसिस गरेर विवाद निकाल्ने काम शिवराम केसिको समहुवाट भएको भन्दै उहाँले यस्ता व्याक्तिको हातमा संस्था जाँदा संस्थाको वदनाम हुने उहाँले वताउनु भयो ।
यस्तै नेपाल दाना अण्डा कुखुरा बितरक संघले पनि भट्टको नेतृत्व चाहेको जनाएको छ । अधिबेशन मा चौतर्फी समन्वय गर्न सक्ने व्यावसायि आवश्यक रहेको संघका अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो “व्यवसायीहरु संग समन्वय गर्न सक्ने खुवि भट्टमा रहेको छ । सवैले सहयोग गरेर निर्वाचन जिताउनु आवश्यक छ ।”
अर्का व्यवसायी कोशेली पोल्ट्रि फमका संञ्चालक महेन्द्र श्रेष्ठ साधारण सभामा प्रस्तुत हुने तरीका फरक भउकाले आँफुहरुको मत भट्टलाई जाने वताउनु भयो । उहाँले भन्नुभयो “मान्छे ठिक हो तर आउने प्रकृया गलत भएकाले समर्थन नगरेको निाणर््य गरेका छौ ।” हामी सवै भट्टको पक्षमा रहेका छौ ।
नेपाल ह्याचरी संघका केन्द्रिय अध्यक्ष टिका पोखरेल संस्थालाई विधि अनुसार चलाउनु आवश्यक रहेको वताउनु भयो । अहिले संक्रमणकालिन अवस्थामा आएर हुल हुजत गर्ने समय नरहेको वताउँदै उहाँले भन्नुभयो “व्यवसायीक हितका लागि विधि अनुसार अघि वढ्नु पर्छ । होहल्लाले संस्था चल्दैन ।” आँफुहरुको समर्थन भट्ट समुहलाई रहेको उहाँले जानकारी दिनु भयो ।
पछिल्लो समय संघको विवाद आए पछि किसानहरुले वनाएका अध्यक्ष शिवराम केसी भने यस विषयमा कुनै प्रतिकृया दिन चाहानु भएन । आँफुलाई जानकारी नभएको भन्दै उहाँले किसानहरु संग राय लिनका लागि आग्रह गर्नु भयो ।
विशेष अधिवेसनका लागि अहिले सदस्यता नविकरणको काम भईरहेको छ । संघमा अहिले साधारण सदस्यको संख्या १ हजार ९२ जना साधारण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !