चितवनः प्रजातन्त्रका सेनानी दुर्गादत्त वाग्लेको निधन भएको छ । पञ्चायत काल देखि प्रजातन्त्रका लागि लड्नु भएका वाग्लेको ७८ वर्षको उमेरमा आज निधन भएको हो ।
उहाँको आज देवघाटमा अन्तेष्टि गरिएको हो । उहाँलाई अन्तिम श्रद्धान्जली स्वरुप काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ् र भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले पार्टीको झण्डा ओढाउनु भएको थियो ।
वाग्लेको निधनले पार्टीलाई अतुलनिय क्षती पुगेको काँग्रेस चितवनका सचिव उत्तम जोशीले वताउनु भयो । प्रजातन्त्रका सेनानीको निधनले सिंगो पार्टी मर्माहित भएको उहाँको भनाई थियो ।