चितवनः नेपाली काँग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि आज देखि भरतपुरमा राजयोग शिविर संञ्चालन गरेको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अध्यक्षतामा शिविर सुरु गरिएको हो ।
पछिल्लो समय तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनिकरण गर्दै आँफुलाई असल नेतको रुपमा उभ्याउन सहज हुने भन्दै यो सिवि संञ्चालन गरिएको हो । तनावले कसैलाई पनि फाईदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिंगो पार्टी संगै देश वनाउन लाग्नु आवश्यक रहेको सो अवसरमा वताईएको थियो ।
मानिसको जीवनमा दुई तरीकाको तनाव हुने भन्दै यसको व्यवस्थापमा आँफैले ध्यान दिनु आवश्यक रहेको छ । वाह्य तथा आन्तरीक तनावका कारण मानव जिवन दुखमय वनेको सो अवसरमा जानकारी दिईएको थियो । व्रह्मकुमारी राजयोग सेवाकेन्द्रको सहआयोजनामा गरिएको कार्यक्रममा वोल्ने वक्ताहरुले राजनीतिलाई तनावले समस्यामा पारेको वताएका थिए ।
तनावलाई व्यवस्थापन गर्न सकेमा मानव जिवन शुखमय हुने उनीहरुको भनाई थियो । वाह्य शुख खोज्नु र पारिवारीक व्यवस्थापन गर्न नसक्नुका कारण मानव जिवन दुखद वन्ने गरेको उनीहरुको भनाई थियो ।
भोलि सम्म चल्ने सो कार्यक्रममा करिव १ सय ५० जना नेता तथा कार्यकर्ता सहभागि रहेका थिए । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्रह्मकुमारी शर्मीला लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा वह्मकुमारी राजु घलेले प्रशिक्षण दिनु भएको थियो ।