चितवनः माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको वहाव वढे पछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । राती देखिनै परिरहेको वर्षाका कारण खोला वढेर सडक अवरुद्ध भएको हो ।
ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरिक्षक युवराज तिमिल्सीनाका अनुसार मगई, वगई, रतने, घाँगर लगाएतका खोलाहरुमा पानीको वहाव वढेको छ । विहानै देखि खोला वढेपछि सडक खण्ड अवरुद्ध भएको हो । रिउखोला वढेर वस्ती पस्न सक्ने देखिए पछि त्यस क्षेत्रका जनतालाई सचेत गराईएको पनि उहाँले जानकारी दिनु भयो । सडक अवरुद्ध भए संगै सदरमुकाम भरतपुरको माडी र ठोरी संग यातायात सम्वन्ध विच्छेद भएको छ ।
खोलाहरुमा पानीको वाहव वढे संगै माडी नगरपालिकाले माडी वासिहरुलाई सतर्क रहन आग्रह गरेको छ । माडी नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार माडीको वनकट्टा क्षेत्रमा खोलो पस्ने सम्भावना रहेकाले त्यस क्षेत्रका जनतालाई सतर्कहुन आग्रह गरिएको हो । अहिले एक दुई घरमा खोलो पस्न लागेको सुचना आएको उहाँले जानकारी दिनु भयो ।