
चितवनः देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेल विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको कार्यकारीणि सदस्यमा मनोनित हुनु भएको छ । उहाँलाई आज महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मनोनयन पत्र वुझाउनु भएको थियो । काठमाडौंमा आयोजित वैठकका अवसरमा उहाँलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हो ।
अधिकारीले अध्यक्षको हैसियतले उल्लेखित संस्थाको विधानको परिच्छेद ६ को दफा ३ र परिच्छेद ७ को दफा १९ को उपदफा (च) मा रहेको व्यवस्था अनुसार पौडेललाई सदस्यमा मनोनयन गरिएको वताउनु भयो । संस्थाको विधानको सर्वोच्चतालाई आत्मसाथ गरी आफ्नो काम, कर्तव्य र अधिकार पुर्ण रुपमा पालना गर्न समेत आग्रह गरिएको छ ।