
चितवन: नहरमा डुवेर आज एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर १४ राधापुर निवासि २८ वर्षिय उमेश दराई रहेका छन् ।
दराई घर नजिकको नहरमा पौडी खेल्ने क्रममा वेपत्ता भएको र खोजि गर्दा उनको शव भेटिएको प्रहरीले जनाएको छ । घटना दिउँसो १ः४० वजेको हो । उनको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।