चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १० स्थित सिजि कम्प्लेक्समा आज देखि पपुलर युनिसेक्स सैलुनको पहिलो शाखा संञ्चालनमा आएको छ । शाखाको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले एक कार्यक्रमका विच उद्घाटन गर्नु भयो ।
भरतपुरको चौविसकोठीमा सोहि नाममा सैलुन संञ्चालन गर्दै आउनु भएका सुलभ सिग्देलले रु २५ लाखको लागतमा पहिलो शाखाको रुपमा सिजि कम्प्लेक्समा सेवा विस्तार गर्नु भएको हो । सैलुनको उद्घाटन गर्नुहुँदै ढुङ्गेलले यहि पेशा मार्फत रु १८ अर्व ५० करोड वार्षिक विदेशीने गरेको वताउनु भयो । विदेशीने पैसालाई स्वदेशमानै परिचालन गर्नका लागि युवाहरुमा शिपको विकास गरि आत्मनिर्भर हुने वाटोमा लाग्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
आन्दोलनमा मसाल लिएर हिडेका युवाहरु सम्बृद्धिको यात्रामा सहभागि हुन नसकेको उहाँको भनाई थियो । अहिलेको सरकार विचार र चिन्तनको दुई तिहाईको नभई काम गर्नका लागि भएको उहाँले वताउनु भयो । अहिले सरकार चङ्गुलमा फसेकाले देखिने गरि काम गर्न नसकीएको हो उहाँले भन्नुभयो ।
अहिलेको समय निरास हुने भएको भन्दै उपाध्यक्ष ढुङ्गेलले सरकारको मिसनमा युवाहरु परिचालन हुनु पर्ने वताउनु भयो ।
सैलुनका संञ्चालक सिग्देलले अहिले सम्म २ सय भन्दा वढि युवाहरुलाई तालिम दिएको वताउँदै उनीहरुले चितवनमा मात्रै आठ स्थानमा सैलुन व्यवसाय गरेर वसेको जानकारी दिनु भयो । आँफुले विदेशमा वस्दा पाएको दुःखलाई भूलाउने गरि नेपालमानै काम गर्न लागेको उहाँको भनाई थियो ।