चितवनः निर्माण कार्य रोकीएको गौतम वुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु हुने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा हेरीएको यो रंगशाला निर्माणको क्रममा समस्या आए संगै विगत १ महिना २० दिन देखि वन्द अवस्थामा रहेको थियो ।
स्थानीहरुले वाटोको विषयलाई लिएर विवाद गरे संगै निर्मााणको काम रोकिएको सो रंगशालाको निर्माण प्रक्रिया भोलि देखि सुरु हुने भएको छ । प्रकृया सुरु गर्नका लागि रंगशाला निर्माण सहयोग समिति र निर्माणको जिम्मा लिएको ध्र्रुमुश सुन्तली फाउण्डेसन विच आज भएको छलफलका क्रममा सहमति जुटेको हो ।
यहि जेठ १५ गते स्थानीयले वाटो फराकीलो वनाउनु पर्ने भन्दै कच्चि वार भत्काए पछि काम रोकीएको थियो । ध्रुर्मुश सुन्तली फाउण्डेसनको अगुवाईमा भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल “ध्रुर्मुश”ले मंगलवार वाट काम सुरु गर्न लागिएको जानकारी दिनु भयो । कट्टेल आईसक्नु भएको छ भने फाउण्डेसनका कर्मचारी आज चितवन आउँदै छन् ।
कट्टेलका अनुसार आज विहान रंगशाला निर्माण सहयोग समितिका पदाधिकारी संगको छलफल पछि काम सुरु गर्ने सहमति भएको हो । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको वैठकमा उद्योग वाणिज्य संघ, उद्योग संघ, निजामती कर्मचारी लगाएत जो जस्ले जेजति रकम रंगशालाका लागि वोलेको र संकलन गरेको छ यथाशिघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ ।
सातवटै पालिकामा चार दिन भित्र सहयोग समिति गठन गरि नयाँ उर्जा साथ कामलाई अघि वढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिनु भयो । गुरुयोजना वनाउने कामलाई तिव्रताका साथ अघि वढाउने पनि छलफलमा सहमति भएको छ । संयोजक डल्लाकोटीले रंगशाला नेपालीको सम्पत्ति हुने भएकाले सवैको साथ र सहयोगवाट नयाँ उर्जाका साथ काम थाल्न लागिएको वताउनु भयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलवारवाट फाउण्डेसनले काम अघि वढाउने भन्दै सवैलाई सहयोगका लागि आग्रह गर्नु भयो । रंगशला निर्माणका लागि वातावरण वनिसकेको भन्दै उहाँले वर्षातको समयमा गर्न मिल्ने काम अघि वढाईने वताउनु भयो । आर्थिक संकलन गरि पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम सुरु गर्ने योजना रहेको दाहालको भनाई छ ।
फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम जहाँ पुगेको छ आजै वाट त्यो अघि वढ्ने जानकारी दिदै रंगशालाको निर्माण स्थलको काम पनि अघि वढाईने वताउनु भयो । वारको काम, मैदान व्यवस्थापनको काम, आवश्यक संरचना निर्माणका कामहरु अघि वढाईने उहाँको भनाई छ ।
रंगशाला निर्माणका लागि रु ६ करोड ५० लाख वोलकवल भएको भए पनि हाल सम्म सवै रकम संकलन भई सकेको छैन । फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम संकलन गर्न कार्यक्रम गरिसकेको छ । काम सुरु भए संगै अन्य देशहरुमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम सुरु गरीने उहाँले जानकारी दिनु भयो ।
झण्डैं रु ३ अर्व लगानी गरेर रंगशाला निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभूवन विश्वविद्यालयको नाममा रहेको जग्गा रंगशाला निर्माणका लागि छुट्याईएको छ ।
निर्माणको प्रकृया भोलि देखि सुरु हुने भए पछि सर्वसाधारणमा फेरी उत्साहा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस !