चितवनः हरेक वर्ष साउनको सोमवार लाग्ने वोलो ओम मेला आज देखि देवघाटमा सुरु भएको छ । पवित्र तिर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमवार स्नान गर्न आउनेहरुको घुईचो लागेको छ । आईतवार देखिनै देवघाट आएर रात विताई विहान सवेरै स्नान र पुजापाठ गर्नेहरु ठूलो संख्यामा रहेका छन् ।
पछिल्लो समय युवा पुस्ताहरुमा यसको आकर्षण वढ्दै गएको छ । वोलो ओम मोला भर्न आउने युवा, वृद्ध देखि वालवालीका सम्म रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार विहान सवेरै देखि नदीमा स्नान गर्ने र मन्दिरहरुमा पुजापाठ गर्नेहरुको भिड लागेको छ । पानीमा सम्भावित दुर्घटना रोक्नका लागि वोटेहरुको उद्धार टोलि तैनाथ गरिएको, सुरक्षाको प्रवन्ध मिलाईएको, प्राथमिक स्वास्थ्य टोलि र एम्वुलेन्स तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिनु भयो ।
तीन जिल्लाको संगम स्थल देवघाटधाममा साउनको सवै सोमवार भक्तजनहरु आउने गर्दछन् । पहिलो र अन्तिम सोमवार यो संख्या वढि हुने गर्दछ ।
मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् ।
देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन यहाँ आउने गर्दछन् । पहेलो बस्त्र लगाएर खाली खुट्टामा समेत भक्तजन आएका छन् ।
यहाँ स्नान गर्नका लागि छिमेकी जिल्लाहरु संगै मित्र राष्ट्र भारतवाट समेत तिर्थालुहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !