
चितवनः नेपाली काँग्रेस चितवनले आफ्ना संस्थापक नेता विपि कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा जिल्ला व्यापि विभिन्न कार्यक्रमहरु गरि साप्ताहीक रुपमा मनाई रहेको छ । यसै क्रममा अन्तर्गत आज कालिका नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातीका एक हजार विरुवा रोपिएको थियो । कालिका नगरपालिकाका सभापति राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिवहरु उत्तम जोशी, राजिव न्यौपाने, नेताहरु कमल आचार्य, कृष्णकुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
वृक्षारोपण कार्यक्रम पदमपुर सामुदायीक वनको हाताभित्र गरिएको थियो । यसैविच नेपाली काँग्रेस चितवनले विपि कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा भोलि विपि शान्ति नगरवनमा वृक्षारोपण गर्दै छ । सभापति श्रेष्ठका अनुसार सो अवसरमा पाँच सय भन्दा वढि विभिन्न प्रजातीका विरुवाहरु रोप्ने कार्यक्रम रहेको छ ।
विपिको पूर्णकदको शालिक रहेको सो नगरवन संरक्षणमा जोड दिनका लागि कार्यक्रमको आयोजना गरिएको काँग्रेस चितवनका सचिव उत्तम जोशिले जानकारी दिनु भयो । भोलि विहान ७ः३० वजे आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा सवैलाई उपस्थितिका लागि समेत काँग्रेस चितवनले आग्रह गरेको छ ।