चितवनः नक्कली सुनको ढिक्का दिई एक महिलाको पाँच तोला सुन ठगी गर्ने गिरोहले लगेको छ । खैरहनी नगरपालिका वडा नम्वर ८ पर्सा वजारमा एक महिलालाई अपरिचित व्यक्तिहरुले सुन ठगी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नक्कली सुनको ढिक्का साटिदिन भनि दुई जना पुरुषले महिलालाई जालसाँची गरि २ थान वाला, लकेट र सिक्रि गरि पाँच तोला वरावरको सुन ठगी गरेको जनाएको छ । ठगी भएको सुचना प्राप्त भए लगत्तै सो गिरोहको खोजिका लागि प्रहरी सक्रिय वनेको कार्यालयका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनु भयो ।
नक्कली सुन देखाई लुटपाट तथा ठगी गर्ने गिरोहहरु चितवन जिल्लामा प्रबेश गरेको भन्दै उहाँले यस तर्फ सवै सजग रहन आग्रह समेत गर्नु भयो । यस्ता शंकास्पद व्याक्ति देखिएमा प्रहरीलाई खवर गर्न उहाँले जानकारी दिनु भयो ।
बढी कमिसन दिने प्रलोभनमा वास्तविक मुल्यमा अत्याधिक नाफा लिई गरीने नेटवर्कीङको माध्यमबाट सेवा तथा वस्तुको खरीद बिक्रिको प्रकृया नेपालको कानुन द्वारा प्रतिबन्धित रहेको वताउँदै उहाँले सर्वसाधारणलाई सजग रहन आग्रह समेत गर्नु भयो ।
अहिले समाजमा प्रलोभनमा पारीे नेटवर्कीङ पद्दतिवाट कारोवार गर्ने प्रयास गरी रहेको र स्थानीय सर्व साधारणहरुलाई भ्रमपुर्ण आश्वाशन देखाउने गरेको भन्दै उहाँले यस्तो कार्य भएको जानकारी हुने वित्तिकै प्रहरीलाई खवर गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !