
चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ९ मा रहेको कपरखोरी माध्यमिक बिद्यालयका प्राचार्य सहित ५ जनालाई विद्यालय परिषरमा मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार स्थानीयको सुचनाका आधारमा मंगलवार राति ९ वजे विद्यालयको भवन कोठा भित्र मदिरा सेवन गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रर्णमा लिईएको हो । पक्राउ पर्नेमा प्राचार्य विष्णु कट्टेल सहित शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सदस्य रहेको प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनु भयो ।
उनिहरुले राति विद्यालयको वन्दै गरेको भवनको कोठामा मांस मदिरा खाएर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खवर गरेको जनाएका छन् । आचार्यले नगरपालिकाका प्रतिनिधिहरु संग छलफल भईरहेको जानकारी दिनु भयो ।
रत्ननगर नगरपालिका प्रमुख नारायण वनले शिक्षण संस्थामा मांस मदिरा खाएर हल्ला गर्ने माथि शिक्षा ऐन अनुरुप कडा कारवाहि हुने वताउनु भयो ।