चितवनः जिल्लामा रहेका खानेपानी आयोजना वाट वितरीत खानेपानी आयोजनाका पानी प्रदुषीत रहेको पाईएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४÷०७५र ०७५÷०७६ मा गरेको अनुगमनका क्रममा यस्तो पाईएको हो ।
कार्यालयले आज यहाँ आयोजना गरेको मेरो वर्ष २०७६ स्वास्थ्य प्रवर्धन अभियानको सरोकारवालाहरु विचको अन्तरक्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जिल्लामा ५७ प्रतिशत उपभोक्ताले प्रदुषीत पानीको प्रयोग गर्ने गरेको वताउनु भयो । दुई वर्षमा जिल्लामा खानेपानी सुरक्षा योजना लागु भएका २१ वटा आयोजनाको अनुगमनका क्रममा ९ वटा आयोजनाले मात्र शुद्ध पिउने पानी उपलव्ध गराउने गरेको पाईएको सो अवसरमा जानकारी दिईएको थियो ।
अन्य १२ वटा आयोजनाले वितरण गरेको पानीमा फिकल कोलिफम(ईकोलाई) नामक किटाणु देखिएको अधिकारीले जानकारी दिनु भयो । अहिले उपभोक्ताले प्रयोग गर्दै आएको पानीमा मानिसको दिशामा हुने किटाणु भेटिएको उहाँले वताउनु भयो । यसका कारण सरुवा रोगको महामारी आउन सक्ने सो अवसरमा जानकारी दिईएको थियो ।
अनुगमनका क्रममा माडीमा रहेका दुईवटा, ईच्याकामना गाउपालिकाका दुई वटा र अन्य पूर्वी चितवन तथा पश्चिम चितवनका आयोजनाको पानी प्रयोगशालमा ल्याई परिक्षण गरेको थियो । कार्यालयले विगत ३ वर्ष देखि खानेपानीको गुणस्तर मापन गर्दै आएको छ । अनुगमनका क्रममा आयोजनाको भौतिक अवस्था, केमिलकको प्रयोग र पानीको गुणस्तरका विषयमा अध्ययन गरिएको थियो ।
अध्ययनका क्रममा जमिन मुनिवाट (वोरीङ् गरि ) ल्याईएको पानी वाहेक अन्यमा समस्या देखिएको उहाँले जानकारी दिनु भयो । पुराना धाराहरुमा पानीको पाईप वाटोमा गएर फुट्ने र ढल मिसिने गरेकाले उपभोक्ताले प्रदुषीत पानी पिउन वाध्य भएको पाईएको छ । सडक निर्माणका क्रममा पानीको पाईपलाई ध्यान नदिदा यस्तो समस्या आएको सो अवसरमा जानकारी गराईएको थियो ।
पानीको गुणस्तर अध्ययनका क्रममा पानीको स्रोत, रिजर्भ गर्ने स्थान र उपभोक्ताको सम्म पुग्ने धाराहरुलाई मध्यनजगर गर्दै गरिएको थियो । पानीमा देखिएको प्रदुषणका कारण सरुवा रोगहरुको महामारी आउन नसक्ने भन्दै सवै जनता सचेत भएर पानीलाई शुद्ध वनाएर मात्र पिउन आवश्यक रहेको सो अवसरमा जानकारी दिईयो ।
पानीलाई शुद्ध वनाउनका लागि आयोजनाहरुले नयाँ प्रविधिका पाईपहरु जडान गर्नु पर्ने, पानीमा क्लोरीन राखेर पिउने, उमालेर मात्रै पानी पिउने, फिल्टर गरेको पानी प्रयोग गर्ने लगाएतका उपायहरु अपनाउन सकेमा महामारीवाट वच्न सकीने अधिकारीले जानकारी दिनु भयो ।
जिल्लामा ९० प्रतिशत जनता खानेपानी आयोजनाको पहुचमा रहेको सो अवसरमा जानकारी दिईएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, स्वास्थ्य कार्यालय चितवनका प्रमुख कामेश्वर प्रसाद चौरासिया लगाएतले वोल्नु भएको थियो । सो अवसरमा जनस्वास्थ्य अधिकृत पदमनभ ढकालले सर्ने तथा नसर्ने रोगहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !