
चितवनः पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणवाट आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्वर ७ वस्ने ६२ वर्षिय कान्छो दराई रहेका छन् ।
उनलाई आज विहान आफ्नै घर वाट सौराहा काममा जाने क्रममा वाटोमा हिडि रहेको समयमा हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणवाट दराईको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हात्तीले आज विहान ११ः४० वजे आक्रमण गरेको थियो ।