चितवनः जिल्लामा भूकम्प प्रभावित लाभग्राहिको संख्या वढ्ने देखिएको छ । वि. सं. २०७२ साल जेठ १२ गते आएको विनासकारी भूकम्पका कारण ७ हजार ३ सय ३५ घर पुर्ण रुपमा क्षेती भएको थियो।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)का अनुसार छुट तथा पुनः जाँच प्रकृयामा लाभग्राहिको संख्या थपिने देखिएको हो ।
कार्यालयले पुनः जाँचका क्रममा ९ हजार ५ सय ६९ भूकम्प प्रभावितको घर जाँच गरि केन्द्रमा सिफारीस गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) चितवनले दिएको जानकारी अनुसार कार्यालयमा आएका दश हजार निवेदनको पुन जाँच गरी ९ हजार ५ सय ६९ जनाको लाभग्राहीका लागि सिफारीस गरिएको हो । केन्द्रले छानविन गरि लावग्राहि भए नभएको टुङ्गो लगाउने छ ।
कार्यालयका ईन्जिनियर सुवास न्यौपानेका अनुसार केन्द्रवाट पठाईएका ५ हजार र जिल्लामा परेका उजुरी पाँच हजार गरि १० हजारको सर्वे गरिएको थियो । वि.सं.२०७५ साल चैत्र १३ गते देखि २०७६ सालको असार पहिलो साता सम्म गरिएको सर्वेका आधारमा उनीहरुको सिफरीस गरिएको हो ।
सर्वेका लागि जिल्लाका सातवटै स्थानीय तहमा गरि २३ जना प्राबिधिक परिचालन गरिएको थियो । उनीहरुले कार्यालयमा जेठ मसान्त सम्म आएका गुनासोहरुको सर्वे गरेका थिए । सर्वेका क्रममा सवैभन्दा वढि कालिका नगरपालिकामा २ हजार ४ सय ४३ घरधुरी सर्वे गरिएको थियो भने सवैभन्दा कम माडी नगरपालिकामा २६ घरधुरी सर्वे गरिएको थियो । यस्तै राप्ती नगरपालिकामा २ हजार २ सय ६०, रत्ननगर नगरपालिकामा १ हजार ५ सय ५३, ईच्छाकामना गाउँपालिकामा १ हजार ४ सय १८, खैरहनी नगरपालिकामा १ हजार २ सय ८ र भरतपुर महानगरपालिकामा ६ सय ७९ घरधुरी सर्वे गरिएको थियो । छुट तथा पुन जाँच कार्यविधि २०७५ अनुसार आएका गुनासाहरुको सुनुवाईका क्रममा सर्वे गरिएको न्यौपानेले वताउनु भयो ।
यस्तै कार्यालयले यस वर्ष भूकम्प प्रभावितहरु जसले प्राविधिक आउनु अघि घर निर्माणको काम सम्पन्न गरेका थिए उनीहरुलाई पनि दोस्रो र तेस्रो किस्ता वापतको रकम निकासा गर्ने भएको छ । जिल्लामा वि.सं.२०७४ साल मंसिर भन्दा अगाडि निर्माण गरिएका घरहरुको स्थानीय तहको सिफरीसमा रकम वितरण गर्न लागिएको हो । यस्ता घरहरु ५ सय रहेका छन् । उनीहरुले पहिलो किस्ता वापतको रकम रु ५० हजार लगि सकेका छन् । अव दोस्रो किस्ता वापत रु १ लाख ५० हजार र तेस्रो किस्ता वापत रु १ लाख पाउने न्यौपानेले जानकारी दिनु भयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) चितवनले अहिले सम्म निजी आवास पुननिर्माण तर्फ ४८ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । जस अनुसार २ हजार ९ सय ८२ जनाले घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता वापतको रकम समेत लगिसकेका छन् । जिल्लामा ७ हजार ३ सय ३५ लाभग्राहि रहेका छन् । ती मध्ये ६ हजार १ सय १३ जनाले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । ती मध्ये ४ हजार ३ सय ९ जनाले दोस्रो किस्ता वापतको रकम समेत प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।