चितवनः पूर्वी चितवनको कालिका नगरपालिकाले नगर भित्रका आरन व्यवसायीहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । परम्परा देखि आरन व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका ३२ जनालाई हेण्ड ग्रेन्डर वितरण गरेको हो ।
आज आयोजित कार्यक्रममा प्रमुख खुमनारायण श्रेष्ठले उनीहरुलाई सो उपकरण हस्तान्तरण गरेका थिए । सो अबसरमा उहाँले परम्परादेखि सञ्चालन हुदै आएको आरन व्यवसायलाई परिस्कृत गर्दै आम्दानीको श्रोत बढाउन आधुनिक उपकरण प्रदान गरिएको बताउनुभयो । परम्परागत शैलीले गरिने आरन व्यवसायले विहान बेलुका पनि खान पुग्दैन उहाँले भने यसको विकास गरी आम्दानीको श्रोत बृद्धि गर्ने योजनाका साथ निशुल्क आधुनिक उपकरण प्रदान गरेका हौं ।
उहाँले अर्को बर्ष देखि उच्च शिक्षा अध्ययन गर्ने दलीत समुदायका विद्यार्थीहरुलाई पूर्ण छात्राबृत्ती प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य चिन बहादुर विक, प्रशासन शाखा प्रमुख महेन्द्र खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !