
चितवनः गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्ले नारायणी तिरमा गर्दै आएको महाआरतीलाई अझै व्यवस्थि तगर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि यसलाई व्यवस्थित गर्नका लागि यहि असार २७ गते देखि राष्ट्रिय झण्डा र सनातन ध्वजा पुजन सहित दैनिक ५ वटा महाआरती गर्न लागेको हो ।
आध्यात्मिक जागरण, सनातन सभ्यता, संस्कार, संस्कृति, परम्परा तथा नारायणी नदीको पर्यावरणीय स्वच्छता ,संरक्षण तथा धार्मीक पर्यटन विकास गर्ने उदेश्यका साथ गत वैशाख १ गते देखि नारायणी नदि किनारमा परिषदले नियमीत आरती गर्दै आएको छ । हरेक दिन साँझ गरिने यस कार्यलाई निरन्तरता दिदै २७ गते ठूलीएकादशिको दिन देखि विधिवत रुपमा झण्डा सहितको आरती सुरु गर्न लागेको हो ।
दुईवटा आरती झण्डाको लागि र अन्य तीनवटा आरती नदिका लागि गरिने छ । २७ गते देखि सुरु हुने आरती अन्तरर्गत सो दिन अप्राहान्न ३ वजे देखि ४ः३० वजे सम्म धार्मिक संस्कृतिक कार्यक्रम, ४ः३० वजे देखि ६ः३० वजे सम्म सभा र साँझ लाखवत्ति प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै हरेक एकादशिमा लाखवत्ति वाल्ने कार्यक्रम रहेको परिषदका अध्यक्ष प्रेम निधि कंडेलले जानकारी दिनु भयो ।